अब हलमा फिल्म प्रदर्शन हुञ्जेल प्रदर्शक र निर्माताले ५० – ५० प्रतिशत सेयर पाउने

1.94K shares

काठमाडौं । नेपाली चलचित्र निर्माताले अब हलमा फिल्म प्रदर्शन हुञ्जेल ५० – ५०प्रतिशत सेयर पाउने भएका छन् । बिहीबार चलचित्र संघ र चलचित्र निर्माता संघबीच यस्तो सम्झौता भएको हो ।

चलचित्र दिमाग खराबको टिमले फिल्म प्रदर्शनकै बेला उक्त माग राखेर प्रदर्शन स्थगित गरेको थियो । सो विषयमा छलफल गर्न प्रदर्शकहरु तयार भएपछि फिल्मको प्रदर्शन जारी भएको थियो ।
लामो समयदेखि चलेको रस्साकस्सि टुंगोमा पुगेको हो । मंगलबार र बुधबार भएको निर्णायक बार्ताले निचोड निकालेको हो ।

1.94K shares