मलिकाको ‘सतीदेवी’ लुक्स : गालामा कालोमोसो, घाँटिमा जुत्ताको माला

2.54K shares

काठमाडौँ । लक्ष्मण सुवेदीको निर्देशनमा बनेको चलचित्र ‘सतीदेवी’को फर्स्टलुक पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा फिल्मकी मुख्य अभिनेत्री मलिका महत फिचर्ड छिन् ।

पोष्टरमा मलिकालाई अलग अवतारमा प्रस्तुत गरिएको छ । रातो कुर्ता सुरुवालमा पहिरिएर उनि भाग्दैछिन् । गाउँलेहरु उनलाई लखेट्दै छन् । उनको गालामा कालोमोसो पोतिएको छ भने गलामा जुत्ताको माला लगाइएको छ ।

फिल्मको कथा निर्देशक सुवेदीकै रहेको छ भने निर्माण र गीत रचना पनि उनकै रहेको छ । श्रीदेवी सुवेदी निर्माताको रुपमा रहेकी छन् । फिल्ममा मलिकाका अलवा हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई दिलासा र साराको प्रस्तुतिमा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रियशनले निर्माण गरेको हो ।

2.54K shares