‘फर्कि फर्कि’ बाट नयाँ यात्रा सुरु गर्दै अनमोल

1.65K shares

काठमाडौँ । अभिनेता अनमोल केसी लामो समयपछि काममा फर्किएका छन् । करिअरको सुरुवाती दिन राम्रा भएपनि पछिल्लो समय उनको फिल्महरु खासै कमाल देखाउन सकेका छैनन् ।

विभिन्न विवादमा परेका अनमोल काममा फर्किएका छन् । रोहित अधिकारीले निर्माण गर्ने फिल्म ‘फर्कि फर्कि’बाट उनले कमब्याकको कोशिस गर्ने भएका छन् । फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्ने भएका छन् ।

शुक्रबार पाटनको बंगलामुखि मन्दिरबाट फिल्मको शुभमुहूर्त गरियो । मंसिर ११ गतेबाट छायांकनमा जाने फिल्मलाई लिएर अनमोल एकदमै उत्सुक देखिएका छन् । उनले आफ्नो दश वर्षे करिअरमा ‘फर्कि फर्कि’ विशेष हुने जनाएका छन् । उनले यहि फिल्मबाट आफ्नो नयाँ यात्रा सुरु हुने पनि जनाएका छन् ।

फिल्ममा उनको जोडिको रुपमा जसिता गुरुङ रहेकी छन् ।

1.65K shares