‘तेल भिसा’ मा वर्षाको इन्ट्रि

1.95K shares

काठमाडौँ । अभिनेत्री वर्षा राउत नयाँ चलचित्र ‘तेल भिसा’मा अनुबन्धित भएकी छन् । उनि अनुबन्धित भएसँगै फिल्मको लाइनअप पुरा भएको निर्माण टिमले जनाएको छ ।

फिल्ममा मुख्य अभिनेताको रुपमा विपिन कार्की यसअगाडि नै फाइनल भइसकेका छन् । विपिन र वर्षाको यो सँगै काम गरेको छैटौँ फिल्म हो ।

शंकर घिमिरेको निर्देशनमा बन्ने फिल्मलाई अगामी भदौमा तिजको छेको पारेर प्रदर्शनमा ल्याउने तयारी रहेको छ । फिल्ममा विपिन, वर्षा, ऋचा घिमिरे, बुद्धि तामाङको अभिनय रहनेछ । फिल्मको छायांकन चैत्र दोस्रो सातादेखि हुने जनाइएको छ ।

1.95K shares