राष्ट्रियसभा निर्वाचन : दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
वि.सं.२०८० मंसिर २२ शुक्रवार ०३:५९
2.7K
shares

काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले माघ ११ गते हुने निर्वाचनका लागि आज शुक्रबार सूचना जारी गरेको हो ।
आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मङ्सिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताका लागि समय दिएको छ । पुस १ गते दलहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ । त्यस्तै, दलहरुको अन्तिम नामावली पुस ४ गते प्रकाशित हुनेछ ।
आयोगले चुनावका लागि पुस १६ गते सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ ।

वि.सं.२०८० मंसिर २२ शुक्रवार ०३:५९
2.7K
shares








