सस्पेन्स, थ्रिलर ‘११ः५५’ निर्माणको घोषणा

966 shares

काठमाडौँ । नयाँ नेपाली चलचित्र ‘११ः५५’ निर्माणको घोषणा गरिएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरि फिल्म निर्माणको घोषणा गरिएको हो ।

केशव पाण्डेको कथा तथा निर्देशन रहने फिल्ममा व्यक्तिका जिवनमा घट्ने घटनाले सिर्जित गर्ने समस्या देखाइने जनाइएको छ । विचित्र फिल्मसको ब्यानरमा निर्माण हुने फिल्ममा श्याम अर्याल र सरोजा शर्माको लगानी रहनेछ ।

शनिबारदेखि फ्लोरमा जाने फिल्ममा महेश त्रिपाठी, श्रृष्ठी श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय रहनेछ ।

 

966 shares