आरती साहको श्रीमान्लाई थुनामा पठाउन सर्वोच्चको आदेश

938 shares

काठमाडौँ । जनकपुरधामकी आरती शाह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले शाहको श्रीमान् मोतीबाबु शाहलाई अदालतले थुनामा पठाउने आदेश दिएको हो ।

अदालतले आरतीको ससुरासँग १ लाख रुपैँया धरौटी पनि माग गरेको छ । आरतीको परिवार न्यायको माग गर्दै लामो समयदेखि माइतीघर मण्डलामा धर्नामा बसेको थियो ।

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले अदालतमा जाहेरी दिएको थियो ।

938 shares