५ सय करोड क्लब नजिक ‘एनिमल’

910 shares

काठमाडौँ । बलिउड अभिनेता रणवीर कपूर स्टारर ‘एनिमल’ले बक्सअफिसमा धमाल मच्चाइरहेको छ । फिल्मले रिलिजको पाँचौँ दिनमा पनि ३८.२५ करोड भारुको कमाइ गरेको छ ।

रिलिजको पाँचौँ दिनसम्म आइपुग्दा फिल्मको विश्वव्यापी कमाई पाँच सय करोड भारु नजिक पुगेको छ । फिल्मले फिल्मले घरेलु बक्स अफिसमा मात्रै २८३.७४ करोड रुपैयाँ कमाएको छ भने विश्वभर ४ सय ८१ करोडको कलेक्सन गरेको छ ।

सन्दिप रेड्डी भंगाको निर्देशनमा बनेको फिल्ममा रणवीर कपूर, रश्मिका मन्दना, अनिल कपुर, बबी देवल लगायतका कलाकारको मुख्य भुमिका रहेका छ ।

 

 

910 shares