उपेन्द्र सुब्बाको ‘मनसरा’ बैशाख २१ मा

980 shares

काठमाडौँ । निर्देशक उपेन्द्र सुब्बाको ‘मनसरा’ बैशाख २१ गते प्रदर्शन हुने भएको छ । शुक्रबार फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकिएको हो ।

फिल्ममा दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहनेछ । फिल्मको कथा मनसरा अर्थात मिरुनाको वरिपरि घुम्ने जनाइएको छ । सार्वजनिक पोस्टरमा उनको क्यारेक्टर लुक्स र प्रस्तुत गरिएको छ । पोस्टरमा मिरुनाको पात्र झोला बोकेर हिडिरहेकी छन् ।

फिल्मका निर्माता शैलेन्द्रध्वज कार्की रहेका छन् । फिल्ममा दया र मिरुनाका अलवा मेनुका प्रधान र प्रवीण खतिवडाको समेत अभिनय रहेको छ ।

निर्देशक सुब्बाले दया र मिरुनालाई लिएर यसअगाडि ‘जारी’ बनाएका थिए । गत वैशाखमा प्रदर्शनमा आएको फिल्मले बक्सअफिसमा तहल्का मच्चाएको थियो ।

 

980 shares