जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु, एक गम्भिर घाइते
वि.सं.२०८० मंसिर २९ शुक्रवार ०४:५२

काठमाडौँ । बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । गए राति पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुरको मदनचोकमा डिउटीमा खटिएका प्रहरीलाई जीपले ठक्कर दिँदा एक प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा २९ वर्षीय प्रहरी जवान विशाल वली रहेको छन् । जीपकै ठक्करबाट साहायक हवल्दार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएका छन् । घाइते बुढाक्षेत्रीको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ । कोहलपुरमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
उनिहरुलाई पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिएको हो । ठक्कर दिएर फरार भएका जीपका चालक दाङको घोराही उपमहानगरपालिका–११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले कोहलपुर–२ बाट नियन्त्रणमा लिएको छ ।
वि.सं.२०८० मंसिर २९ शुक्रवार ०४:५२




