वर्षा राउतले गरिन् चोभारमा क्यानोपी जिपलाइनको उद्घाटन
वि.सं.२०८० मंसिर ३० शनिवार १२:४९

काठमाडौँ । अभिनेत्री वर्षा राउतले चोभारस्थित मन्जुश्री पार्कमा सञ्चालनमा आएको क्यानोपी जिप लाईनको शनिबार उद्घाटन गरेकी छन् । शनिबारदेखि सञ्चालनमा आएको जिपलाईनको एक समारोहकाबिच राउतले उद्घाटन गरेकी हुन् ।
राउतले तीन स्टेसन रहेको क्यानोपी जिप लाइन चढेर मज्जा समेत लिइन् । ४ सय मिटरको क्यानोपीमा तीन स्टेसन रहेको छ । पहिलोमा एडभेन्चर, दोस्रोमा डेयर डेभिल्स र तेस्रोमा फन । यो खेल्न १० मिनेटको समय लाग्नेछ ।
जिपलाइनलाई जेबी एडभेन्चरले सञ्चालनमा ल्याएको हो । जिपलाइनलाई ४ करोड लगानीमा निर्माण गरिएको बताइएको छ ।
कम्पनीले एउटा अनुभव लिनेका लागि ५ सय र तीन वटै क्यानोपी जिपलाईन खेल्नका लागि १२ सय रुपैयाँ टिकट कायम गरेको छ । विद्यार्थीलाई र स्थानिय ६ नम्बर वडाका बासिन्दालाई भने २५ प्रतिशत छुट हुने जनाइएको छ ।
प्रविधिक र विज्ञका हिसावले अन्तराष्ट्रिय स्तरमा निर्माण गरिएको एड्भेन्चरका निर्देशक हिमाल गुरुङले बताए ।
वि.सं.२०८० मंसिर ३० शनिवार १२:४९





