‘सलार’को सुनामी, तीन दिनमा ४ सय करोड कलेक्सन

490 shares

काठमाडौँ । अभिनेता प्रभास स्टारर फिल्म सलारले बक्स अफिसमा सुनामी नै ल्याएको छ । शुक्रबारबाट रिलिज भएको फिल्मले बक्सअफिसको रेकर्डहरु एकपछि अर्को गर्दै तोडिरहेको छ ।

फिल्मले तीन दिनमा नै विश्वभरबाट ४ सय करोड भारुको कलेक्सन गरेको छ । फिल्मले १७८.७ करोड भारुको ओपनिङ गरेको थियो । शनिबार फिल्मले ११७ करोड कलेक्सन गरेको थियो । तेस्रो दिन पनि फिल्मले १०४.३ करोड भारु कलेक्सन गरेको छ । अब क्रिसमसको अबसरमा फिल्मले झन् आक्रमक कमाई गर्ने ट्रेड एनालिष्टहरु बताउँछन् ।

फिल्मको हिन्दि संस्करणले भने तीन दिनमा ६१ करोड कलेक्सन गरेको छ । फिल्मले भारतमा मात्रै तीन दिनमा २०८ करोडको कलेक्सन गरेको छ । फिल्मले शुक्रबार भारतमा ९०.७ करोड भारु, शनिबार ५६.३५ करोड र आइतबार ६१ करोड भारु कमाएको छ ।

490 shares