चक्रवर्ती कलेजका सञ्चालक भण्डारीमाथि आफ्नै छोराले प्रहार गरे धारिलो हतियार

1.16K shares

काठमाडौँ । काठमाडौँको बिजुलीबजारमा रहेको चक्रवर्ती कलेजका सञ्चालक देवेन्द्र भण्डारीमाथि कुटपिट भएको छ । भण्डारीमाथि उनकै छोरा निरज भण्डारीसहितको समूहले धारिलो हतियार प्रहार गरेको हो ।

सोमबार बेलुका हतियार प्रहार गरि देवेन्द्रलाई घाइते बनाइएको छ । घाइते देवेन्द्रको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

केही समयदेखि बाबुछोराबीच कलेज सञ्चालनको विषयमा मतभेद हुँदै आएको थियो । छोराले कलेज आफ्नो नियन्त्रणमा लिन खोज्दा बाबुसँग झगाडा भएको थियो । छोरा निरजले बाबु देवेन्द्रलाई कलेज प्रवेशमा निषेध गरेका थिए ।

विवाद उत्कर्षमा पुगेपछि केटाहरु लिएर छोराले आक्रमण गरेको देवेन्द्रले प्रहरीलाई बताएका छन् ।

1.16K shares