म्युजिकल फिल्म ‘साथी’ सार्वजनिक

2.07K shares

काठमाडौँ । म्युजिकल फिल्म साथी सार्वजनिक भएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि गीतको भिडियो सार्वजनिक गरिएको हो ।

किरण उप्रेतीको शब्द, पुष्कर सुनवारको संगीत रहेको गीतमा यम बराल र विश्व नेपालीले स्वर दिएका छन् । भिडियोमा दुई साथीको बाल्यकालदेखि युवाअवस्थासम्मको कथालाई प्रस्तुत गरिएको छ ।

भिडियोमा सन्जीत भण्डारी र मेग सुवेदीको अभिनय रहेको छ । भिडियोलाई कुवेर तामाङले निर्देशन गरेका छन् ।

भिडियोको कन्सेप्ट मेग सुवेदीले लेखेका छन् । भिडियोमा बुद्ध थापा एन्ड टिमको छायाङ्कन, विवेक सुनारको सम्पादन, श्याम कुँवरको कलर, उत्सव पौडेलको स्कृप्ट रहेको छ । भिडियोलाई सेजल एन्ड सिस्टर युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

2.07K shares