एक्सन फिल्म बनाउँदै निश्चल बस्नेत

1.91K shares

काठमाडौँ । निर्देशक निश्चल बस्नेतले नयाँ फिल्मको घोषणा गरेका छन् । आज परेको जन्मदिनको अवसर पारेर बस्नेतले आफ्नो नयाँ फिल्मको घोषणा गरेका हुन् ।

बस्नेतले यो पटक एक्सन फिल्म निर्माण गर्ने बताएका छन् । गत तिहारमा निश्चलले पोलिटिकल ड्रामा फिल्म निर्माण गरेको थिए । फिल्म बक्सअफिसमा हिट रह्यो ।

लुट २ पछि निर्देशनमा फर्किन ७ वर्ष लगाएका बस्नेतको मुड फेरिएको देखिएको छ । अब भने उनि निरन्तर निर्देशनको तयारीमा देखिएका छन् ।

फिल्मको दसैँ अगाडि नै छायाङ्कन गर्ने उनले बताएका छन् । हाल उनि स्वस्तिमाको लगानीमा निर्माण हुन लागेको ‘बेहुली फ्रम मेघौली’मा काम गर्दै छन् ।

1.91K shares