‘नमेटिने घाउ’ मा फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

2.57K shares

काठमाडौं। राप्रपाका सांसद तथा संसदीय दलका मूख्य सचेतक ज्ञानन्द्र शाही अब फिल्ममा पनि देखिने भएका छ्न । तेजाब आक्रमण विरुद्ध जनचेतना जगाउन अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्न लागेको चलचित्र ‘नमेटिने घाउ’ मा सांसद शाही अनुबन्धित भएका हुन् ।

तेजाब आक्रमणबाट पीडितको कथामा निर्माण हुने उक्त चलचित्रको शनिबार काठमाडौंमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुभमुहूर्त गरेका थिए । फिल्ममा केपी ओली स्वयंको अभिनय रहनेछ । ओली प्रधानमन्त्रीको भूमिकामा देखिँदा सांसद शाहीको भूमिकाबारे भने जानकारी दिइएको छैन् ।

तेजाब आक्रमणजस्तो मानवता विरोधी अपराध नियन्त्रण गर्न तत्कालीन प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले निक्कै महत्वपूर्ण भूमिका खेलेका थिए ।

अभिनेता रमित ढुंगानाको निर्देशन रहने ‘नमेटिने घाउ’ ३३ जना एसिड पीडितहरूको कथालाई समेटेर बन्न लागेको हो । फिल्ममा शिव अधिकारीको कथा, ओम सुनारको संगीत रहनेछ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् ।

सुरवीर पण्डित र रामचन्द्र अधिकारी पुराना कलाकारमा रहने फिल्ममा अन्य कलाकारको रूपमा मुस्कान खातुन, सिम्रन खड्का, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्रसिंह कुसुहा लगायत रहनेछन् ।

2.57K shares