कता हराइन् साम्राज्ञी राज्यलक्ष्मी शाह
वि.सं.२०८० माघ १८ बिहीवार ०८:३१

काठमाडौँ । नेपाली चलचित्रमा ड्रिम्समार्फत डेब्यु गरेकी हुन् अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले । पहिलो चलचित्र नै सफल बन्न पुग्यो उनको । यस्तो मौका कलाकारलाई विरलै मिल्छ ।
पहिलो चलचित्रबाटै सम्भावना देखाएकी शाहले बिस्तारै राम्रा राम्रा ब्यानरका चलचित्र पाउन थालिन् । फिल्महरु ठिकठाक चलिनै रहेका थिए । उनि लिडिङ अभिनेत्री बन्ने पथमा लम्किरहेकी थिइन् एक समय । अहिले परिस्थिति त्यस्तो छैन । फिल्मबाट गुमनाम जस्तै छिन् ।
लामो समयपछि गत भदौमा उनको नांगो गाउँ प्रदर्शन भयो । तर, फिल्ममा रहेका दयाहाङ राई र मिरुना मगरको छायाँमा उनि कता हराइन् पत्तै भएन । त्यसयता उनको नयाँ प्रोजेक्टको बारेमा कुरा सुनिएको छैन ।
सामाजिक संजालमा भने उनि एकदमै सक्रिय देखिन्छिन् । फिल्महरुमा भने उनको सक्रियता देखिएको छैन । फिल्मबाट गुमनाम जस्तै देखिएकी छन् शाह ।
वि.सं.२०८० माघ १८ बिहीवार ०८:३१







