‘उपहार’को शीर्ष गीत ‘हारेको छैन’ सार्वजनिक

2.68K shares

काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र उपहारको शीर्ष गीत हारेको छैन सार्वजनिक भएको छ । बिहीबार फिल्मको मर्मस्पर्शी गीत सार्वजनिक गरिएको हो ।

प्रमोद ढुंगानाको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत र रविन भुसालको स्वर रहेको छ । गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु फिचर्ड रहेका छन् । भिडियोमा कोरियोग्राफि कविराज गहतराजको रहेको छ ।

फिल्मको कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् भने सुलभ प्रतीक र समीक्षा देउजा निर्माता हुन् । फिल्ममा रेखा थापा, मुकुन भुसाल, बेनिशा हमाल, पूजा शर्मा, समर्पण कार्की लागायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई रेखा फिल्म्स र कपनगढी फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो । फिल्म फागुन २५ गतेबाट प्रदर्शनमा आउनेछ ।

 

2.68K shares