‘अगस्त्य’को प्रेमगीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक
वि.सं.२०८० माघ २७ शनिवार ०७:४४
1.96K
shares

काठमाडौँ । चलचित्र ‘अगस्त्य च्याप्टर १’ को ‘मायामा तिम्रै मायामा’ बालेको गीत सार्वजनिक भएको छ । निर्माण टिमले भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा फिल्मको प्रेम गीत सार्वजनिक गरेको हो ।
सविन एकतारेको शब्द रहेको गीतमा एसडी योगीको संगीत रहेको छ । गीतमा योगी र विज्ञानी पराजुलीको स्वर रहेको छ ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू सौगात मल्ल, मलिका महत र रवीन्द्र झा लगायतको अभिनय रहेको छ । भिडियोमा सौगात र मलिकाको प्रेम देखाइएको छ ।
फिल्म सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको हो । फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्म फागुन १८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
वि.सं.२०८० माघ २७ शनिवार ०७:४४
1.96K
shares








