नारायणहिटी मन्दिरमा ‘मेयर’ को शुभ मुर्हूत, १५ गतेबाट छायांकनमा जाने

1.71K shares

काठमाडौँ । निर्देशक दीपेन्द्र के. खनालको नयाँ चलचित्र मेयर को शुभ मुहूर्त गरिएको छ । बुधबार नारायणहिटी मन्दिरमा फिल्मको शुभ मुहूर्त गरिएको हो ।

मुहूर्तमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछाने, वर्षा राउत, अर्पण थापा, दिव्य देव, रमेश बुढाथोकी लगायतका कलाकारको उपस्थिति रहेको थियो । फिल्मको कथा सर्लाही जिल्ला, बागमती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन आधारित रहेको निर्देशक खनालले बताए ।

फिल्ममा शर्मिला पाण्डे निर्मात्रीको रुपमा जोडिएकी छन् । श्रृष्टिमाँ खनाल अर्की निमात्री हुन् भने कार्यकारी निर्माता निर्देशक खनाल नै रहेका छन् ।

फागुन १५ गतेबाट छायांकनमा जाने फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सन्जोग रसाइली, अशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतका कलाकारको अभिनय रहनेछ ।

1.71K shares