यस्तो छ केकीको ‘बोक्सीको घर’

693 shares

काठमाडौँ । सुलक्षण भारतीको निर्देशन रहेको चलचित्र बोक्सीको घरको फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । आज वसन्त पञ्चमी (सरसस्वती पूजा) को अवसर पारेर फिल्मको पोष्टर सार्वजनिक गरिएको हो ।

पोस्टरमा एक महिलालाई रातो साडीमा कपाल फिजाएर पिपलको बोट अगाडि उभिएको देखाइएको छ । पिपलको बोटमाथि पूर्णिमाको चन्द्रमालाई राखिएको छ ।

केकी अधिकारी फिल्मसको प्रस्तुति रहेको फिल्मको निर्माता केकीका बुबा बद्री अधिकारी रहेका छन् । फिल्मको कथा निर्देशक भारतीकै रहेको छ ।

फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म आगामी बैशाख १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

693 shares