स्वयम्भूको कोठामा श्रीमती र दुई छोरी मृत भेटिए, जंगलमा श्रीमान्

2.14K shares

काठमाडौं ।काठमाडौंको स्वयम्भूमा तीन जना मृत फेला परेका छन्। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा बस्ने ओखलढुंगाका एकै परिवारका तीन जना बुधबार बिहान मृत फेला परेका हुन्।

उनीहरूको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ। यो घटनामा श्रीमती र दुई छोरीको हत्या गरेर श्रीमानले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

कोठादेखि करिब दुई किलोमिटर पर रहेको जंगलमा श्रीमान् ३७ वर्षीय राजु घिमिरे मृत फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। ‘श्रीमानले पनि आत्महत्या गरेको देखिन्छ,’ उनले भने।

घटनास्थलमा प्रहरी वृत्त स्वयम्भू, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ।

स्वयम्भूको घरमा ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परेका थिए।

2.14K shares