विद्रोही महिला बन्दै नीति शाह
वि.सं.२०८० फागुन ९ बुधवार ०७:४५
2.19K
shares

काठमाडौँ । सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म रुखानको मुख्य भूमिकामा नीति शाह अनुबन्धित भएकी छन् । उनले बुधबार निर्माण टिमसँग औपचारिक सम्झौता गरेकी छन् ।
भर्खरै खजुरे ब्रो को छायांकन सकाएकी नीतिको यो दोस्रो फिल्म हुनेछ । फिल्ममा उनले एक विद्रोही महिलाको भूमिका निभाउने जनाइएको छ ।
रूखानलाई नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा बनाउने तयारी निर्माण टिमको छ। रूपक घिमिरेको कथा रहेको फिल्मको कार्यकारी निर्माता सविन श्रेष्ठ हुन्।
वि.सं.२०८० फागुन ९ बुधवार ०७:४५
2.19K
shares








