यस्तो छ ‘रंगेली’ को ट्रेलर (भिडिओ)
वि.सं.२०८० फागुन ९ बुधवार १०:२३
2.43K
shares

काठमाडौँ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको चलचित्र रंगेलीको ट्रेलर सार्वजनिक भएको छ । बुधबार फिल्मको अफिसियल ट्रेलर सार्वजनिक भएको हो ।
मोरङको रंगेली गाउँको कथा रहेको फिल्ममा अपराध र राजनीतिलाई देखाइएको छ । पैसा र शक्ति आर्जन गर्न गरिने अपराधिक क्रियाकलापलाई ट्रेलरमा देखाइएको छ ।
फागुन २५ गतेबाट प्रदर्शनमा आउने फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८० फागुन ९ बुधवार १०:२३
2.43K
shares








