नेपाल वाफ महिला फुटबल प्रतियोगिताको फाइनलमा
वि.सं.२०८० फागुन १६ बुधवार ०४:४९
1.78K
shares

काठमाडौँ । नेपाल वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मंगलबार राति साउदी अरेबियामा भएको दोस्रो सेमिफाइनलमा लेवनानलाई २–१ गोलले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।
पहिलो हाफको ३८ औँ मिनेटमा पूजा रानामगरले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याकपासमा भएको आत्मघाती गोलका कारण पछि परेको नेपालले दोस्रो हाफमा २ गोल गर्न सफल भयो । दोस्रो हाफको ७६औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले नेपालका लागि बराबरी गोल गरेकी थिइन्।
इन्जुरी समयमा प्रिति राईले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो ।
अब नेपालले उपाधिका लागि पाँच पटकको च्याम्पियन जोर्डनसँग बिहीबार राति प्रतिस्पर्धा गर्नेछ।
वि.सं.२०८० फागुन १६ बुधवार ०४:४९
1.78K
shares





