साम्बाले जोर्डनविरूद्धको फाइनल खेल्न नपाउने

2.04K shares

काठमाडौँ । नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले वाफ वुमन्स च्याम्पियन्सिपअन्तर्गतको फाइनल गुमाउने भएकी छिन्। फ्रेञ्च क्लब अभान्ट ग्वेंगाम्प आबद्ध साम्बाले बिहीबार जोर्डनविरुद्ध नेपालले प्रतिस्पर्धा गर्ने फाइनल खेल खेल्न नपाउने भएकी हुन् ।

क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति छ। यसअघि समूह चरण र सेमिफाइलका खेल फिफा विन्डोमा भएका कारण उनले खेलेको थिइन्। फाइनल भने फिफा विन्डो बाहिरको खेल हो। जसकारण साम्बाले फाइनल खेल्न नपाउने भएकी हुन् ।

जारी प्रतियोगितामा साम्बाले ९ गोल गरिसकेकी छिन्। मंगलबार राति लेवनानसँगको सेमिफाइनलको खेलमा नेपालले २–१ ले हराउँदा उनले १ गोल गरेकी थिइन् । साम्बाले वाफ च्याम्पियनसिपमै नेपालका लागि कीर्तिमानी ५० अन्तर्राष्ट्रिय गोल समेत पूरा गरेकी थिइन्।

अब नेपालले साम्बाबिना बिहीबार जोर्डनविरुद्ध खेल्नेछ।

2.04K shares