केपी ओली कप : जावलाखेललाई हराउँदै न्यूरोड टीम फाइनलमा
वि.सं.२०८० फागुन १७ बिहीवार ०७:४८
1.93K
shares

काठमाडौँ । न्यूरोड टीम काठमाडौँमा जारी केपी ओली कप २०८० को फाइनलमा पुग्ने पहिलो टिम बनेको छ । आज भएको सेमिफाइनलको खेलमा जावलाखेल युवा क्लबलाई ३–० गोल अन्तरले हराउँदै न्यूरोड टीम फाइनलमा पुगेको हो ।
खेलको ५ औँ मिनेटमा नै न्यूरोडका लागि विवेक गुरुङले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता बनाएको न्यूरोड टिमले दोस्रो हाफमा थप दुई गोल गर्न सफल रह्यो । दोस्रो हाफका ४९ औँ मिनेट र ५६ औँ मिनेटमा गोल गर्दै सन्जिव विष्टले न्युरोड टीमलाई अग्रता फराकिलो बनाए । टीमले आजै हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग शनिबार भिड्नेछ ।
सेमिफाइनलको दोस्रो खेल मछिन्द्र क्लब र मानेभञ्ज्याङ एफसीबिच ३ बजे हुनेछ ।
वि.सं.२०८० फागुन १७ बिहीवार ०७:४८
1.93K
shares








