दिलिपको छोरी दिव्याले प्रदीप खड्कासँग रोमान्स गर्ने

2.65K shares

काठमाडौँ । अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझी ‘एक्टर’मा अनुबन्धित भएकी छन् । बिहीबार निर्माण टिम र उनका बुबाआमाबीच औपचारिक सम्झौता भएको हो ।

दिव्यालाई अनुबन्धित गर्दै निर्माण टिमले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । फिल्म आगामि वर्षको कात्तिक १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

फिल्ममा यसअगाडि प्रदीप खड्का, आना शर्मा, राजबल्लभ कोइराला अनुबन्धित भइसकेका छन् । फिल्ममा दिव्याले प्रदीपसँग रोमान्स गर्नेछिन् ।

राजन भुषालको निर्देशन रहने फिल्म वैशाख पहिलो साताबाट छायांकनमा जानेछ।

 

2.65K shares