‘उपहार’को ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक
वि.सं.२०८० फागुन १७ बिहीवार ०८:५९

काठमाडौँ । फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र उपहारको कहिले बार बिर्सिन्छु बोलको गीत सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार फिल्मको अर्को गीत सार्वजनिक गरेको हो ।
इन्दिरा अधिकारीको शब्द रहेको गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु फिचर्ड रहेका छन् ।
रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा बनेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन् । फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतका कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८० फागुन १७ बिहीवार ०८:५९








