केपी ओली कपको उपाधि मच्छिन्द्रलाई

2.33K shares

काठमाडौँ । केपि ओलि कप २०८० को उपाधी मच्छिन्द्र फुटबल क्लबले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा न्युरोड टिमलाई ट्राइब्रेकरमा पराजित गर्दै मच्छिन्द्रले उपाधी जितेको हो  ।

 

निर्धारित समयमा गोल हुन नसकेपछी खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा एनआरटिका बिबेक गुरुङ पेनाल्टीमा चुकेपछी मच्छिन्द्रले ५-४ को जित हात पारेको हो ।

 

प्रतियोगिताको बिजेताले नगद ११ लाख रुपैयाँ प्राप्त गर्यो भने उपबिजेताले ५ लाख रुपैयाँ सहित ट्रफी प्राप्त गर्यो ।

 

प्रतियोगिताको गत बर्ष भएको पहिलो संस्करणको उपाधी पनि मच्छिन्द्रले नै जितेको थियो ।

2.33K shares