चितवनमा बालिकाको मृत्यु प्रकरणमा प्रधानाध्यापकसहित ३ जना पक्राउ

1.69K shares

काठमाडौँ । चितवनको १४ वर्षया सालिना पोखरेलको छात्रावासमा भएको मृत्यु प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले प्रधानाध्यापकसहित ३ जनालाई पक्राउ गरेको हो ।

गएको शनिबार बिहान रत्ननगर नगरपालिका–१५ माधवपुर स्थायी घर भएको उनको मृत्यु भएको हो । उनको वडा नम्बर १० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा मृत्यु भएको हो ।

पोखरेलको मृत्यु भएपछि प्रहरीले ज्यानसम्बन्धी कसुरमा ३ जनालाई पक्राउ गरेको हो । प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो। बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन्।

1.69K shares