नामका कारण ‘रंगेली’को सेन्सर रोकियो
वि.सं.२०८० फागुन १८ शुक्रवार १३:१२
3.02K
shares

काठमाडौं । फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म रंगेलीको सेन्सर रोकिएको छ । फिल्मको नाममा आपत्ति जनाउँदै चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) ले सेन्सर रोकेको हो ।
फिल्मको नामका कारण समस्या आउने भनेर बोर्डले निर्मातालाई सेन्सर पासको प्रमाणपत्र नदिएको जनाइएको छ । फिल्म छायांकन भएको स्थानीय निकायको अनुमति ल्याएपछि मात्रै बोर्डले सेन्सर पास गरिने जनाएको छ ।
बोर्डको यो कदमप्रति चलचित्रकर्मिहरुले आक्रोश पोखेका छन् । बोर्डले यस्तो पहिलोपटक गरेको भने हैन ।
अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा लगायतका कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८० फागुन १८ शुक्रवार १३:१२
3.02K
shares








