नेदरल्याण्ड्सले जित्यो त्रिकोणात्मक टी–२० आई शृंखलाको उपाधि

1.01K shares

काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृंखलाको उपाधि ४ विकेटले नेदरल्याण्ड्सले जितेको छ । नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको हो ।

नेदरल्याण्ड्सको जितमा माइकल लेभिटले अर्धसतकिय पारी खेले । स्याब्रान्ड एंगेलब्रेक्ट ४८ रन, विक्रमजित सिंहले २९ रन, म्याक्स दाउदले २२ रन, भान डिर गुटेनले २१ रन नेदरल्याण्ड्सका लागि जोडे ।

नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो ।नेपालले २३ रन जोड्दा ३.३ ओरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् । रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका थिए ।

त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए । आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का हानेका थिए । गुल्सन झाले ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाए ।पाँचौ नम्बरमा ब्याटिङमा आएका दीपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाए ।करण केसीले ९ रन बनाए भने आरिफ शेखले खाता नै खोल्न सकेनन् ।नेदरल्याण्ड्सका फर्द क्लासेन, टिम भान डर गुगटेन, स्याब्रान्ड एंगेलब्रेक्ट र माइकल लेभिटले समान २ विकेट लिए ।

1.01K shares