अजयको ‘शैतान’ले दुई दिनमा कति कमायो ?
वि.सं.२०८० फागुन २८ सोमवार ०५:०४
2.08K
shares

काठमाडौँ । बलिउड अभिनेता अजय देवगन स्टारर फिल्म शैतान शुक्रबार बाट प्रदर्शनमा आएको छ । ट्रेलर रिलिजदेखि नै चर्चामा रहेको फिल्मले पहिलो दिन राम्रो ओपनिङ गर्न सफल भएको छ ।
फिल्मले पहिलो दिन १५.२१ करोड भारु कलेक्सन गरेको छ । यस्तै फिल्मले दोश्रो दिन आफ्नो रफ्तारलाई बढाएको छ । फिल्मले दोश्रो दिन १९.१८ करोड भारु कलेक्सन गरेको छ । फिल्मले दुई दिनमा ३४.३९ करोड भारुको कलेक्सन गरेको हो ।फिल्मले आगामि दिनमा अझैकलेक्सन बढाउने दाबि ट्रेड एनालिष्टहरुले गरेका छन् ।
विकाश वेह्लको निर्देशनमा बनेको फिल्ममा शैतानी शक्ति (काला जादु) को कथा देखाइएको छ । फिल्ममा अजयको साथमा आर माधवन, ज्यातिका लगायतका कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८० फागुन २८ सोमवार ०५:०४
2.08K
shares







