‘केटी हराएको सूचना’को छायांकन सुरु
वि.सं.२०८० फागुन २९ मंगलवार १३:४३
2.04K
shares

काठमाडौँ । चलचित्र केटी हराएको सूचनाको छायांकन सुरु भएको छ । केही दिन अगाडि फिल्मको स्क्रिप्ट पूजा गरेर फिल्म निर्माणको जानकारी दिइएको थियो । फिल्मको टोली मंगलबारदेखि धुनुषा प्रस्थान गरेको छ ।
दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको छ । फिल्मको छायांकन जनकपुरको विभिन्न स्थानमा हुने जनाइएको छ ।
फिल्मलाई ट्राई सिटी पिक्चर्सको ब्यानरमा निर्माण गरिने भएको हो । फिल्मका निर्माता नकिम उद्दिम हुन् । फिल्मलाई आगामी वर्षमै प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको रहेको छ ।
वि.सं.२०८० फागुन २९ मंगलवार १३:४३
2.04K
shares








