सुनको मूल्य घट्यो, तोलाको कति ?

1.2K shares

काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ । बजारमा सुनको मूल्य तोलाको ४ सय रुपैँयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैँया र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रुपैँया कायम भएको छ ।

यता, चाँदीको मूल्य तोलामा १५ रुपैँयाले बढेर १५ सय ३० रुपैँया कायम भएको छ ।

1.2K shares