शंकरको ‘सिड्नी ब्लुज’मा पुष्प र अञ्जना

2K shares

 

काठमाडौँ । शंकर कार्कीको निर्देशनमा सिड्नी ब्लुज फिल्म बन्ने भएको छ । निर्माण टिमले फिल्मका लागि मुख्य कलाकार पनि छनोट गरेको छ । फिल्ममा पुष्प खड्का र अञ्जना बराइली मुख्य भुमिकामा रहनेछन् । निर्माण टिमले कलाकारहरुसँग कागजी सम्झौता गरिसकेको छ ।

आगामी जुनमा फ्लोरमा जाने तयारी रहेको फिल्ममा पुष्प र अञ्जनाको साथमा रवीन्द्र झा, शिव आर. ठकुरी लगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा युवाहरुको विदेशी जीवनको कथा देखाइने जनाइएको छ ।

फिल्मको ७० प्रतिशत छायांकन अष्ट्रेलिया र ३० प्रतिशत छायांकन नेपालमा गरिने जनाइएको छ । फिल्मको कथा शिव आर ठकुरीले लेखेका हुन् भने पटकथा किरण घिमिरेले लेखेका हुन् ।

2K shares