सय करोड नजिक ‘शैतान’को कमाई
वि.सं.२०८० चैत ४ आइतवार ०९:४०
1.81K
shares

काठमाडौँ । बलिउड अभिनेता अजय देवगन स्टारर फिल्म शैतानको कमाई सय करोड नजिक पुगेको छ । सुरुवाती व्यापार राम्रो गरेको फिल्मको कलेक्सन थोरै खस्किएको छ ।
पहिलो हप्ता राम्रो कलेक्सन गरेको फिल्मले दोश्रो हप्ताको शुक्रबार ५.१२ करोड र शनिबार ९.१२ करोड कलेक्सन गरेको छ । फिल्मले अहिलेसम्म ९५.८४ करोड भारुको कलेक्सन गरेको छ ।
विकाश वेह्लको निर्देशनमा बनेको फिल्ममा शैतानी शक्ति (काला जादु) को कथा देखाइएको छ । फिल्ममा अजयको साथमा आर माधवन, ज्यातिका लगायतका कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८० चैत ४ आइतवार ०९:४०
1.81K
shares








