हलमा ‘महाजात्रा’को सुनामी, दुई दिनमा कति कमायो ?

735 shares

काठमाडौँ । लामो समयदेखि सुनसान देखिएको नेपाली हलहरुमा चहलपहल ह्वात्तै बढेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको प्रदीप भट्टराई निर्देशित फिल्म महाजात्रा हेर्न हलमा दर्शकको घुँइचो देखिएको छ ।

पहिलो दिन नै दमदार कमाई गरेको फिल्मले दोश्रो दिन पनि आक्रमक कलेक्सन गरेको छ । फिल्मले दुई दिनमा ३ करोड माथिको कमाई गरेको आँकडा निर्माण टिमले दिएको छ । फिल्मले पहिलो दिन १ करोड २३ लाखको कलेक्सन गरेको थियो भने दोश्रो दिन १ करोड ८३ लाख कलेक्सन गरेको छ ।

सार्वजनिक विदाहरुको मौका भएकाले फिल्मको कमाईले अझै निरन्तरता पाउने देखिएको छ । फिल्मको वर्ड अफ माउथ पनि बलियो देखिएको छ ।

निर्देशक भट्टराईकै कथा रहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा, वर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ ।

735 shares