‘लण्डन टु पेरिस’को दोश्रो पोष्टरमा दुई रोमान्टिक जोडी

1.74K shares

काठमाडौँ । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को दोश्रो पोष्टर सार्वजनिक भएको छ । पहिलो पोष्टरमा निश्चल खड्का र साम्राज्ञी आर एल शाह मात्र फिचर्ड थिए ।

पहिलो पोष्टर पनि रोमान्टिक थिममै रहेको थियो । दोश्रो पोष्टरमा पनि दुई जोडिलाई रोमान्टिक थिममा प्रस्तुत गरिएको छ । पोष्टरमा निश्चलको जोडि साम्राज्ञी र कविर खड्काको जोडि गरिमा शर्मालाई देखाइएको छ ।

जेठ २५ गतेबाट प्रदर्शनमा आउने फिल्मका निर्माता अमित बस्नेत हुन् । फिल्ममा ट्राभल लभस्टोरीलाई देखाइने जनाइएको छ ।

1.74K shares