‘महाजात्रा’ले पहिलो सातामा ६ करोड २४ लाख कमाएको दाबि

1.8K shares

काठमाडौँ । प्रदीप भट्टराईको महाजात्राले हलमा राम्रो व्यापार गरिरहेको छ । आजबाट दोश्रो हप्तामा प्रवेश गरेको फिल्मको निर्माण टिमले पहिलो हप्ताको कलेक्सन सार्वजनिक गरेको छ । फिल्मले पहिलो सातामा ६ करोड २४ लाख कलेक्सन गरेको निर्माण टिमको दावि छ ।

भट्टराइकै लेखन तथा निर्देशन रहेको फिल्मले सुरुवात देखिनै आक्रमक व्यापार गर्दै आएको थियो । फिल्मलाई दर्शकहरुले एकदमै रुचाएका छन् ।

चैत ९ गतेदेखि प्रदर्शनमा आएको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बाँनिया, रविन्द्र झा, वर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ । महाजात्रा पनि हिट भएपछि लगातार हिट फिल्म दिने निर्देशकको ट्यागलाई भट्राइले निरन्तरता दिएका छन् ।

1.8K shares