त्रिविमा उत्तरपुस्तिका हराएका विषयको परीक्षा चैत्र २१ गते हुने
वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५१
2.19K
shares

काठमाडौँ । विद्यार्थीको उत्तरपुस्तिका हराएपछि त्रिभुवन विश्वविद्यालयले फेरि परीक्षा लिने भएको छ । उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा चैत्र २१ गते गर्नका लागि त्रिविले सूचना निकालेको छ ।
बिहीबार त्रिवित्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले परीक्षाको मिति सम्बन्धि सूचना निकालेको हो । अब २०८० वैशाखमा लिइएको स्नातक तह प्रथम वर्षको जनसंख्या तथा स्वास्थ्य (४२२) र शिक्षाको आधार विषय (४१२) को परीक्षार्थिले फेरि परीक्षा दिनुपर्नेछ ।
वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५१
2.19K
shares





