पोखरामा अनौठो तरिकाले बस दुर्घटना, दुई घाइते

490 shares

काठमाडौँ । पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना भएको छ । पोखरा आउँदै गरेको ग १ ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा बस चालक टीकाराम बिक र सह चालक सालिकराम सुवेदी घाइते भएका छ । घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचार हुँदै छ ।

बस बिच सडकमा ठाडो परेर दुर्घटना भएपछि फोटो र भिडियो सर्वत्र भाइरल भइरहेको छ ।

490 shares