यस्तो छ दया र मिरुनाको ‘घरज्वाइँ’को फर्स्टलुक

518 shares

काठमाडौँ । अनिल बुढाको निर्देशनमा बनेको चलचित्र घरज्वाइँको फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । आइतबार फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।

सार्वजनिक एक पोष्टरमा दयाले बन्दुक बोकेका छन्, उनको कपाल भर्खरै मुन्डन गरिएको जस्तो देखाइएको छ । अर्को पोष्टरमा दया र मिरुना डोको बोकेर हिडिरहेको देखाइएको छ ।

रुकुममा छायांकन गरिएको फिल्म आगामी असार २८ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा दया र मिरुनाको साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्गबहादुर पुन, राज थापा, कविता आले लगायतका कलाकारको अभिनय छ ।

 

518 shares