‘खजुरे ब्रो’ को ‘लभ गर्ने मान्छे’ गीत सार्वजनिक
वि.सं.२०८० चैत १८ आइतवार १२:४१
5.81K
shares

काठमाडौँ । सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको फिल्म खजुरे ब्रो को पहिलो गीत सार्वजनिक भएको छ । आज फिल्मको लभ गर्ने मान्छे बोलको गीत सार्वजनिक भएको हो ।
अनमोल गुरुङको संगीत रहेको गीत रमाइलो बनेको छ । गीतमा लोक र वेस्टर्न फ्लेवरलाई फ्युजन गरिएको छ । फिल्मको पहिलो गीत नै दमदार देखिएको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार फिचर्ड रहेका छन् ।
नविन मानन्धर र सुरज सुनुवारको लगानीमा बनेको फिल्म बैशाख २८ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा रेअर राई खजुरे ब्रो को भूमिकामा रहेका छन् । महेश त्रिपाठी, नीति शाह, विनिता थापा मगर, शान्तिला तामाङ, सुष्मा निरौला, पुष्कर गुरुङ, मनिष राउत लगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ ।
वि.सं.२०८० चैत १८ आइतवार १२:४१
5.81K
shares





