‘पूजार सार्की’मा मेघराज खत्री बने पल शाह

945 shares

काठमाडौँ । दिनेश राउतको चलचित्र ‘पूजार सार्की’लाई लिएर व्यापक चर्चा रहेको छ । फिल्मको निर्माण सुरु भएदेखिनै फिल्मको हाइप उच्च छ । निर्माण टिमले प्रचारका लागि फालेको क्यारेक्टर लुक्सहरुले पनि दर्शकमा कौतुहलता सिर्जना गरिरहेको छ ।

केहि समय अगाडि अभिनेता प्रदीप खड्काको मैत बहादुरको क्यारेक्टर लुक्स सार्वजनिक गरेको निर्माण टिमले अहिले पल शाहको मेघराज खत्री लुक्स सार्वजनिक गरेको छ । पोष्टरमा पलको नौलो अवतार देख्न सकिन्छ । भादगाउँले टोपीमा कोट, कमिज र पाइन्ट लगायका मेघराज भरुवा बन्दुक बोकेर नदी किनारमा हिँडिरहेका छन् ।

चलकलेटी लुक्सका पललाई यो किसिमको अवतारमा देख्न पाउँदा दर्शकहरुलाई खुल्दुली पक्कै हुनेछ । विकास सुवेदीको कथा रहेको फिल्ममा जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरुले गर्ने साझा संघर्षको कथा देखाइनेछ ।

दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदीप र पलका अलवा आर्यन सिग्देल अन्जना बराइली, परीक्षा लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ । किंगडम नेटवर्कको व्यानरमा निर्माण भएको फिल्मलाई जेठ १० गते प्रदर्शनमा ल्याउने जनाइएको छ ।

945 shares