‘फर्की फर्की’को फर्स्ट लुक पोष्टर सार्वजनिक

420 shares

काठमाडौँ । चलचित्र फर्की फर्कीको फर्स्टलुक पोष्टर सार्वजनिक भएको छ । आज शनिबार अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर फिल्मको पोष्टर सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोष्टरमा अनमोललाई मात्र फिचर्ड गरिएको छ । अनमोलको दुई फोटो देख्न सकिन्छ । घडिको व्याकग्राउण्ड भएको ठाउँमा अनमोले खुसी हुँदै केहि सोचिरहेका छन् । अर्को रेलको लिक जस्तो देखिने ठाउँमा अनमोललाई पछाडिबाट देखाइएको छ । लिकमा परबाट उज्यालो आइरहेको देख्न सकिन्छ । पोष्टर हेर्दा फिल्ममा टाइम ट्राभलको कथा रहेको अनुमान गर्न सकिन्छ ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुति रहेको फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका छन् । फिल्ममा अनमोल र जसिता गुरुङ प्रमुख भुमिकामा रहेका छन् । फिल्म आगामि जेठ १० गतेबाट प्रदर्शनमा आउँदैछ ।

420 shares