युट्युवको ट्रेन्डिङ १ मा ‘बोक्सीको घर’को ट्रेलर

2.19K shares

काठमाडौँ । वैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र बोक्सीको घरको ट्रेलरलाई दर्शकले रुचाएका छन् । आइतबार रिलिज गरिएको ट्रेलर एकैदिनमा ट्रेन्डिङ १ मा स्थान बनाएको छ । हालसम्म ३ लाख बढी दर्शकले ट्रेलरलाई हेरेका छन् ।

सत्य घटनाबाट प्रेरित भएर तयार गरिएको फिल्मको ट्रेलरमा केकी अधिकारीको फरक भूमिका देख्न सकिन्छ । फिल्ममा केकीले गरेको बोडि स्ट्रक्चरको ट्रान्सफर्मेशन तारिफयोग्य छ । ट्रेलर कौतुहतला सिर्जना गर्ने किसिमको देखिएको छ ।

केकी अधिकारी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मको निर्देशन सुलक्षण भारतीले गरेका छन् । फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ।

 

2.19K shares