नीतिले जीतुसँग रोमान्स गर्ने

1.71K shares

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा यतिबेला नीति शाहका दिन बलेका छन् भन्दा फरक पर्दैन । उनले साइन गरेका फिल्म हेर्दा कम्तिमा एक वर्ष उनि व्यस्त देखिएकी छन् । यस्तैमा उनले सोमबार अर्को नयाँ फिल्म साइन गरिन् । फिल्मको नाम हो ‘ज्वाइँ साब’ ।

सोमबार नीतिले निर्माण टिमसँग कागजी सम्झौता समेत गरिसकेकि छन् । फिल्ममा उनले जीतु नेपालसँग रोमान्स गर्नेछिन् । फिल्मलाई रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण गरिने भएको छ ।

सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहने फिल्मलाई वसन्त निरौलाले निर्देशन गर्ने भएका छन् । फिल्मको छायांकन वैशाख १५ गतेबाट सुरु हुने जनाइएको छ ।

1.71K shares