‘बडे मिँया छोटे मिँया’को रिलिज डेट सर्यो
वि.सं.२०८० चैत २७ मंगलवार ०३:५१
1.58K
shares

काठमाडौँ । अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म बडे मिँया छोटे मिँयाको प्रदर्शन मिति सरेको छ । भारतीय सञ्चारमाध्ययमका अनुसार अब अप्रिल ११ गतेबाट फिल्म प्रदर्शनमा आउने भएको हो ।
इदको अवसरमा रिलिज हुन लागेको फिल्मको प्रदर्शन मिति हेरफेरको विषय रणनीतिक रहेको निर्माण टिमले जनाएको छ । यसअगाडि फिल्म अप्रिल १० मा प्रदर्शनमा आउने जनाइएको थियो ।
अलि अब्बास जफरको लेखन तथा निर्देशन रहेको फिल्ममा अक्षय, टाइगरको साथमा पृथ्वीराज सुकुमारणको प्रमुख भुमिका रहेको छ ।
वि.सं.२०८० चैत २७ मंगलवार ०३:५१
1.58K
shares





